Thursday, July 12, 2012

गड पार्टिकल

जेनेभामा जारी महा प्रयोगमा कार्यरत वैज्ञानिकहरुले पदार्थमा हुने परमाणुको पिण्डको परिमाण निर्धारण गर्ने सुक्ष्म कणको नजिक पुगेको दावी गरेका छन । यदि वैज्ञानिकहरु उक्त सुक्ष्म कण पत्ता लगाउन सक्षम भए पृथ्वीको निर्माण कसरी भयो भन्ने रहस्य खुल्ने दावी गरिएको छ । हिग्स बोसोन नाम दिइएको उक्त सुक्ष्म कणलाई उनीहरुले पदार्थको पिण्डलाई अन्य शक्तिमा रुपान्तरण गर्ने कणको रुपमा व्याख्या गरेका छन । पृथ्वीको निर्माणको रहस्य पत्ता लगाउन स्विजरल्याण्डफ्रान्सको सीमामा निर्माण गरिएको विशाल प्रयोगशालामा विगत दुई वर्ष देखि यो प्रयोग जारी छ । २७ किलोमिटर लामो सुरुङमा अति सुक्ष्म कणहरुलाई एक-आपसमा ठोक्काएर एक अदृष्य तत्वको खोज गरिरहेका वैज्ञानिकहरुले उक्त कणलाई गड पार्टिकल (देव कण)को संज्ञा दिएका छन । पृथ्वीको निर्माणको क्रममा भएको महा विष्फोटको रहस्य पत्ता लगाउने उद्देश्यले सुरु गरिएको यस प्रयोगमा अहिले सम्म अर्बौं डलर खर्च भइसकेको छ भने लगभग आठ हजार वैज्ञानिक विगत दुई वर्ष देखि कार्यरत छन ।

No comments:

Post a Comment