Thursday, January 31, 2013

लुनी खण्डकाव्य र देवकोटा


लूनी (खण्डकाव्य)

लूनी महाकवी लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको नेपाली भाषाको खण्डकाव्य हो । १८ खण्डमा लेखिएको यो खण्डकाव्य सुखान्त प्रेमकथामा आधारित खण्डकाव्य हो । साझा प्रकाशन[१]ले विसं २०२५ सालमा प्रथम पटक प्रकाशित गरेको यो खण्डकाव्यमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा रहेको सेर्पा समुदायको प्राचिन रहन-सहनलार्इ चित्रित गरिएको छ । यस खण्डकाव्यमा महाकवी मुख्य पात्रालूनीलार्इ केन्द्रित गर्दै हेलम्बुको प्राकृतिक छटा, त्यहाँको तत्कालीन सेर्पा परिवार र तिब्बतको ल्हासाको शाही परिवारको ठाँटबाँट, सामाजिक परिवेस तथा रितिरिवाजको सजीव चित्रण गरेकाछन् ।
कथा सारांश
महाकवी लक्ष्मीप्रसाद देवकोटाले हेलम्बुको राजा सोङ्गोको दरवार र वरपरको प्राकृतिक वातावरणको वर्णन गर्दै लूनी खण्डकाव्यको उठान गरेका छन् ।
सेर्पा साम्बा सोङ्गोराज्छ दरवार लोङ्गोसेर्पा हेलम्बू ।चाँदी चुली झलझलखोला नाला कलकलसेर्पा झोलुङ्गो ।
लुनीको पहिलो खण्डको सुरूमा हिमाल, हिमनदी, फुलबारी, चराचुरूङ्गी, सगरमाथा र हिमालमा देखिने सुन झैं टल्कने बिहानी किरण अदि प्राकृतिक छटाले सिंगारेको हेलम्बुको लोङ्गो दरवारमा बस्ने सेर्पा राजाको ठाँटबाँट, जीउडाल तथा दैनिक जीवनको चित्रण गरिएको छ । यही खण्डको अन्त्य तिर मुख्य पात्रा लूनीको रूपको बयान गरिएको छ ।
रानीवनमा फुल्ने गुलाफ हँसिली ।वसन्तकी झरी जस्ती रसिली ।।साँझकी बहिनी जस्ती हिमाल दरवारमाफूल फुलेकी जस्ती मानिस घरबारमा ।।
महाकवीले वर्णन गरे अनुसार बैंसालु उमेरमा पुगेकी लूनी अत्यन्तै सुन्दर छिन् । उनी फूलको थुङ्गा झैं हलुका शरीर, गुलाबी गाला, मोती जस्ता दन्तलहर, वनचरीको झैं सुमधुर बोली भएकी लूनी विभिन्न धातुजडित लुगा तथा गहना लगाएर सुखसयलमा हुर्केकी राजकुमारी हुन् । डोलेहरूले बोक्ने सुन बुट्टे पाल्कीमा चडेर वरिपरि सुसारेहरूको बथानसहित हिड्ने, चराको भुवाले बनेको ओछ्यानमा तिलको सिरानी लगाएर सुत्थिन भन्नेकुरा उल्लेख गरेर सेर्पा राजकुमारी लूनीको शाही जीवनशैलीलार्इ महाकवीले अत्यन्तै उत्कृष्टरूपमा उतारेकाछन् । तेस्रो खण्डमा महाकविले मारदौन भन्ने काल्पनिक प्रतियोगितात्मक उत्सवको कल्पना गरेकाछन् जसलार्इ हेर्न राजा, राजकुमारीसहित उक्त भेगका आइमार्इ, बच्चा, ठिटा, बूढा, जवान मैदानमा जम्मा हुने गर्दछन् ।
आज बैशाख पूर्णिमाको मारदौन भन्ने उत्सव छ ।सारा सेर्पा हेलम्बू नै हेर्न आज उत्सुक छ ।।स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ ।आइमार्इ बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ।।
यसरी सबै जम्मा भएर घोडादौड, कुश्ती, तिरवाजी, तरवारवाजी, नृत्य जस्ता विभिन्न प्रतियोगिताहरू आयोजना हुन्छ । उक्त प्रतियोगितामा चाङना नामको एक युवक सबैलार्इ उछिन्न सफल हुन्छ ।
सारा सेर्पा जित्ने आज चाङना नामको ठीटो भो ।अग्लो गोरो राम्रो सेर्पा घोडादौडमा छिटो भो ।।कुश्ती खेल्दा राङजालार्इ धोबीपाटले पछार्यो ।बुद्धको रथ दुवै हातले तानी एक्लै घिसार्यो ।।
यसरी प्रवेस गराइएको नायक पात्र चाङना उक्त प्रतियोगिता मात्रै हैन राजकुमारी लूनीको दिल जित्न पनि सफल हुन्छ । कम्बल कोट र कट्टु लगाएको कम्मरमा खुकुरी भिरेको बीस वर्षे ठिटोलार्इ विजयको ताज पहिर्याउँदा राजकुमारी लुनी मोहित हुन पुग्छिन् । त्यस दिन देखि राजकुमारी लूनी बिस्तारै चाङनाको यादमा हराउन थाल्छिन्, एकान्तमा बसेर रून थाल्छिन, वासना हराएर खोज्दै हिँडेको कस्तुरी झैं हुन्छिन् । थोरै खाने, थोरै बोल्ने, रातमा धेरै जागा रहने गर्न थाल्छिन् । राजकुमारी लूनीको यस्तो अवस्था नजिकबाट रहेकी जिन्जी नामकी सुसारेले के भएको हो भनी सोध्छिन् ।
आज क्यान लूनी रानी आज क्यान लूनी ?आधा वचन सुन्न छोड्यौ आधा कुरा सुनी ।
त्यस पछि राजकुमारी लूनीले आफूलार्इ चाङना मनपरेको भन्दै उसलार्इ भेटाइदिन अनुरोध गर्छिन् । जिन्जीले अनेक किसिमले सम्झाउँदा पनि राजकुमारी लूनीले नमानेपछि उनी राजकुमारी र चाङनालार्इ भेटाइदिने निर्णय गर्छिन् । यस्तैमा ल्हासाको राजाले राजकुमारी लूनीलार्इ बुहारी बनाउन चाहेको सन्देस हेलम्बुमा पठाउँछ । राजा सोङ्गोले पनि उक्त प्रस्ताव सहर्ष स्वीकार गर्छ । यता विरहमा डुबेर रहेकी राजकुमारी लूनीलार्इ केलिन्दी नदीको तिरमा रहेको बगैंचामा लिएर जान्छिन् जहाँ चाङना लूनीलार्इ सम्झिँदै पूजा गरिरहेको हुन्छ । चाङना लूनीको नाम लिँदै रोइरहेको देखेपछि लूनीले चाङनालार्इ अंकमाल गर्छिन् ।
चाङना लार्इ लूनी छन् लूनी लार्इ चाङना छन् ।व्यर्थ है जिन्जी, जून ! ह्लासामा माग्न्या छन् ।।
केलिन्दी नदीको तिरमा लूनीले चाङनालार्इ भेटेको चाल पाएपछि राजा अत्यन्तै क्रोधित हुन्छ । राजाले लूनीलार्इ चाङनाको टाउको काटिदिने धम्की दिन्छ । उता चाङनालार्इ गुम्बा पस्न बाध्य बनाउँछ । त्यसको केही समयपछि लूनीको विवाह ल्हासाको राजकुमारसँग हुन्छ । राजकुमारी लूनी रूँदै रूँदै सुनको पाल्कीमा राखेर अन्माइन्छिन् । लूनीको विवाह पछि महाकवी उनकै पछिलागेर ल्हासामा पुग्छन् अर्थात दशौं खण्डमा पुगेर उनले ल्हासाको वर्णन गरेकाछन् ।
ह्लासा सारा सुन घर छ।ञुँका पहाड भरभर छ ।पन्ना हाँगा हाँगामा ।हीरा हीरा झर्छन् रे, छरछर छङछङ छागामा ।।
महाकवीले ल्हासामा एउटा भव्य दरवारको कल्पना गरेकाछन् । उनले सिङ डोङ्गारमा रहेको सुनखानी र लुक्याँङको तलाउको समेत वर्णन गरेका छन् । उनका अनुसार ल्हासा दरवार सुन, हिरा, मोती, मुगा, मणी-माणिक्यले धप धप बलेको छ । झलमल दरवारमा जहाँतही विभिन्न किसिमका फूलले सजिएका छन् । जताततै अत्तरको सुगन्ध फैलिएको त्यस्तो महलमा पनि रानी लूनी भने विरहमा वइलाएकी छिन् । हजार नोकरचाकरले भरिएको त्यो महलभन्दा लूनीलार्इ हेलम्बुमा रहेको चाङनाको झुपडी नै प्यारो लाग्छ । सुसारे जिन्जी पनि लूनीसँगै ल्हासामा छिन् । जिन्जीका सामु लूनी आफूले सपनामा चाङना रोएको देखेको भन्दै रून्छिन् । यता चाङना केलन्दी नदीको छेउको कहालिलाग्दो भिरमा रहेको गुफामा लामाहरूको संरक्षणमा छ । उसलार्इ लामाहरूले ठेलीका ठेली पुस्तक अध्ययन गर्न दिन्छन् तर उसले पुस्तकको पानामा समेत लूनीलार्इ देख्छ । अक्षर अक्षरमा सुकुमारी लूनी भएको कल्पना गर्छ । उ सपना विपना सबैमा लूनीमै हराएको छ । उता ल्हासाको राजकुमार ह्लानोले लूनी दिनप्रतिदिन विरहमा हराउँदै गएको चाल पाउँछ ।
के चाहिन्छ तिमीलार्इ ह्मेन्दो वन रानीह्लानो सोध्छ जवाफ दिन्छन् आँखाभर पानी ।।कल्ले बुझ्ने जिन्दगीको भित्री कहानी ?
लूनीको विरहलार्इ नजिकबाट नियालिरहेकी जिन्जी पनि अत्यन्तै दुखी छे । उसले अन्जा नामकी साथीसँग मिलेर एउटा उपाय निकाल्छे । ल्हासामा एकदमै प्रख्यात लामा ह्लुसिंगोलार्इ सबैकुरा बताएर लूनीलार्इ चाङना भएको ठाउँमा पुर्याइदिए मात्र ठीक हुन्छ भन्न लगाउँछन् । लामा ह्लुसिंगो दरवारमा आएर राजा तासी र राजकुमार ह्लानोलार्इ भेट्छ र लूनीलार्इ केलन्दीको तिरमा रहेको गुम्बामा नलगी नहुने कुरा बताउँछ । लामा ह्लुसिंगोको कुरा सुने पछि राजकुमार ह्लानो, लूनी, जिन्जी र अन्जा लावा लस्करसहित हेलम्बुतिर लाग्छन् ।
सेर्पा साम्बा सोङ्गो, भेट्छ ह्लानो होङ्गोजुवाइँ मानले ठूलो, झुकार्इ आफ्नो शिर ।छोरी रानी लूनीजुन झैं आकाशमुनि, वैलिएको फूल ।लूनीको अवस्था देखेर राजा साम्बा र रानी हेलम्बा दुवै दुखी हुन्छन् । लूनीमा साँच्चै धेरै परिवर्तन आएको छ, पहेँलिएको पात झैं, मुटुमा काँडा बिझे झैं, भाँचिएको मुना झैं । रानी हेलम्बाले अत्यन्तै माया गरेर छोरीलार्इ मुसार्छिन र के भयो भनी सोध्छिन् जवाफमा लूनी आसुमात्र झार्छिन् । रानी हेलम्बा लूनीको इच्छाविपरित विवाह गरिदिएकोमा पश्चाताप गर्छिन् ।
सबैकुरा सुनेपछि राजा साम्बा, लूनी र ह्लानोलार्इ लिएर केलन्दीको तिरमा रहेको गुम्बामा पुग्छ । त्यहाँ चाङना लामा ह्मे ह्मेसँग ध्यानमा बसेको हुन्छ । चाङनालार्इ देख्नासाथ लूनी गएर छोप्दै अंकमाल गर्छिन् । तब लामा ह्मे ह्मेको पनि ध्यान भंग हुन्छ । उसले अन्तर्दृष्टिबाट सबैकुरा चाल पाइसकेको हुन्छ । लूनीको चाला देखेर ह्लानो अचम्ममा पर्दछ । चाङना पनि बरबर आँसु झार्दै लूनीको अंगालोमा बाँधिन्छ । राजा साम्बाको पनि आँखा खुल्छ । त्यसपछि लामा ह्मे ह्मेले एउटा फैसला सुनाउँछ ।
बुद्ध भगवान भन्नुहुन्छ लूनी चाङनाकी ।ह्लानो पस्ला केलिन गुम्बा,चाङना राख्ला यशको खम्बा,अर्कैलार्इ वर्ने दिलकीह्लानोको बुद्धि भूलकी भर्इलूनी माग्नाको ।।
त्यसपछि राजकुमार ह्लानो गुम्बा पस्यो, चाङना र लूनी एक भए र चारै तिर खुसियाली छायो ।