Tuesday, October 30, 2012

प्रजनन स्वास्थ्य

कायरो सम्मेलन १९९४ र विश्व स्वास्थ्य संगठनका अनुसार प्रजनन स्वास्थ्य भन्नाले बिरामी वा रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्णरुपमा स्वस्थ्य रहनु हो साथै प्रजनन प्रणाली, यससको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु हो।

प्रजनन सस्वास्थ्य भन्नाले मानिसका प्रजनन प्रणाली, प्रजनन अंगहरुको स्वास्थ्य, प्रजनन र यौनसम्बन्धी सम्पूर्ण विषयहरु भन्ने बुझाउँदछ । यस अन्तर्गत व्यक्तिहरुले ससुरक्षित र आनन्दमय यौन जीवनयापन गर्न सक्षम छन्, सन्तान जन्माउने क्षमता छ, सन्तान जन्माउने नजन्माउने, कहिले जन्माउने, कति समयमा जन्माउने भन्ने निर्णय गर्ने स्वतन्त्रता छ भन्ने कुराहरु पर्दछन् ।

प्रजनन स्वास्थ्यका तत्वहरु:
१.परिवार नियोजन
२.सुरक्षित मातृत्व
३.नवजात शिशु तथा बाल स्वास्थ्य स्याहार
४.गर्भपतनको कारणबाट उत्पन्न हुने समस्याहरुको रोकथाम तथा उपचार
५. यौन रोग संक्रमण र एचआईभी र एड्स
६.बाझोपनको रोकथाम तथा उपचार
७.किशोरकिशोरीहरुको प्रजनन् स्वास्थ्य
८.प्रौढ महिलाहरुको स्वास्थ्य
९.लैगिंकतामा आधारित हिंसा

प्रजनन स्वास्थ्यमा पर्ने सेवाहरु:
कुनै पनि जोडी वा दम्पतीले आफूले चाहेको परिवार नियोजनका विविध साधन र विधिहरुको निर्वाध छनोट एवं उपयोग गर्न पाउने अधिकार प्रजनन स्वास्थ्यभित्र पर्दछ । यसका साथै गर्भवती अवस्थामा कम्तीमा चार पटक भु्रणको जाच, कानुनी मापदण्ड अनुसारको गर्भपतन सेवा, वैज्ञानिक प्रसूति सेवा, संक्रमित आमाबाट गर्भमा रहेको शिशुमा एचआईभी सर्न रोक्ने विधि सेवा, मातृशिशु खोप एवं उपचार सेवा, सुत्केरीपछिको स्याहार र उपचार जस्ता सेवाहरुलाई प्रजनन् स्वास्थ्यले समेटेको हुन्छ ।

यौन तथा प्रजनन स्वास्थ्यले समेट्ने विषयहरु:यौन तथा प्रजनन् स्वास्थ्य भ्रुण अवस्थादेखि मानिस नमरुन्जेलसम्म सम्बन्धित छ । जसले गर्दा यो प्रकृया मानव विकासकै कोशेढुंगा मानिएको हो। विभिन्न अध्ययनले देखाए अनुसार वयस्क व्यक्तिबीच सम्पर्क भए  मात्र भ्रुण  स्वस्थ रहन्छ र सरल ढंगबाट स्वस्थ शिशु जन्मन्छ । युवा तथा किशोर अवस्थामा सुरक्षित र जिम्मेवारपूर्ण यौन व्यवहार नअपनाए विभिन्न समस्या झेल्नुपर्छ । जसबाट अनिच्छुक गर्भधारण, आफै  गर्भपतन, पाठेघर खस्ने समस्या जस्ता शारीरिक कठिनाईहरु आउछन्।
यौन तथा प्रजनन स्वास्थ्यले केवल शारीरिक सम्बन्ध वा बच्चाको जन्मसंग मात्र सम्बन्ध राख्दैन । यसले परिवार नियोजन, पाठेघर र प्रजननदार संक्रमण, एचआईभी, पाठेघर खस्ने समस्या, नवजात शिशुको हेर विचार, किशोर किशोरीहरुको स्वास्थ्य, मातृ स्वास्थ्य, वृद्धवद्धाको हेरचाह जस्ता बृहत विषयहरु समेट्दछ ।
यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार त्यतिखेर सुनिश्चित भएको मानिन्छ, जतिखेर कुनै पनि व्यक्तिमाथि उल्लेखित सवाल बारे पूर्ण एवं सहि जानकारी हुन्छ र समस्याहरुको उचित निदान पाएर सम्मानपूर्ण जीवनयापन गर्न सक्दछ ।(कार्य योजना,कायरो सम्मेलन १९९४)

Monday, October 15, 2012

घटस्थापनाको साइत

आज आश्विन शुल्क प्रदिपदा अर्थात हिन्दुहरूको महान् चाड बडादसैँ आजदेखि सुरु हुदैछ । आज देखि १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका बडा दसै मनाउने गरिन्छ ।   बडादसको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दसँघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ ।
आज घटस्थापनाको साइत ११ बजे ७ मिनेट जादा उत्तम रहेको छ । सो समयमा काठमाडौंको विशेशगरि दसैंघरमा घटस्थापना गरेर जमरा राख्ने गरिन्छ । सोही समयमा घरघरमा घटस्थापना गरेर दसैंको विधिवत सुभारम्भ गर्ने प्रचलन छ ।  पन्चाङ निर्णायक समितिका अनुसार कात्तिक ८ गते बुधवार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट जादा देवी विसर्जन र बिहान ११ बजेर २९ मिनेट जादा टीका लगाउनका लागि शुभ साइत रहेको छ ।
  यसैगरी कात्तिक ५ फूलपातीका दिन बिहान ०९ बजेर ११ मिनेट जादा  तुलजाभवानीको यात्रा तथा ०९ बजेर ५१ मिनेटमा थिराशनका लागि साइत र कात्तिक ८ गते बुधवार विजयादशमीका दिन ११बजेर ४३ मिनेट जादा तुलजाभवानीको यात्रा तथा १२ बजेर ३९ मिनेट जादा थिराशनका लागि साइत जुरेको छ ।
  आज विजयादशमीक पहिलो दिन शुद्ध माटो तथा बालुवा प्रयोग गरे जमरा राख्ने प्रचलन छ । आज राखेको जमरा दसैंको दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतिकका रुपमा पहँलो जमरा प्रयोग गर्ने गरिन्छ ।   असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
 बडादसैँको सातौँ दिन कात्तिक ५ गते आइतबार मलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूर्णिमाका दिन घटस्थापनाका दिन राखिएको जमरा विसर्जन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ ।

गर्भपतन

गर्भपतन भन्नाले महिनावारी भएको दिनबाट गणना गर्दा २८ हप्ता भन्दा पहिले गर्भमा भएका भ्रुण, विकसित भ्रुण अथवा शिशु बाहिर निस्कने प्रकृयालाई बुझिन्छ । जुनसुकै गर्भावस्थाको गणना गर्दा महिनावारी भएको पहिलो दिनबाट गणना गरिन्छ । उक्त दिनबाट २८० दिन वा ४० हप्ता वा ९ महिना ७ दिन पुगेपछि गर्भावस्था पूर्ण हुन्छ । विकसित देशहरूमा भने विभिन्न आधुनिक उपकरणको प्रयोग गरी बचाउन सकिने हुनाले २८ हप्ता अघिको १०० ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ ।

गर्भपतनका कारणहरू
¤ वंशाणुगत विकृति तथा गर्भवति महिलामा क्रोमोजोमको विकृति रहेछ भने पनि गर्भपतन हुनसक्छ
¤ पाठेघरको विकृति भएका पनि गर्भपतन हुनसक्छ, जस्तैः अति सानो पाठेघर हुनु, पाठेघरको मुख खुकुलो हुनु आदि
¤ पाठेघरको संक्रमण जस्तैः साइटो मेगालो भाइरस, सिफिलिस, रुबेला, हर्पिस जस्ता रोगहरूको कारणले पनि गर्भपतन हुने गर्दछ ।
¤ कुनै कुनै महिलामा केही पुरुषको बिर्य ग्रहण नगर्ने समस्या हुन्छ । प्राकृतिक रूपमा देखापर्ने यो समस्याका कारण पाठेघरले भ्रुण बाहिर फ्यालिदिन्छ ।
¤ हर्मनको गडबडी जस्तैः मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ ।
¤ इडियोप्याथिक कारणले पनि गर्भपतन हुनसक्छ ।

गर्भपतनका प्रकारहरू
इन्ड्युस्ड गर्भपतन
आमाको स्वास्थ्यमा गर्भले घातक असर पर्न सक्ने देखिएमा चिकित्सक तथा स्त्रीरोग विशेषज्ञको सहयोगमा गर्भपतन गराउने कार्यलाई इन्ड्युस्ड गर्भपतन भनिन्छ । यसलाई अंग्रजीमा ‘मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी’ भनिन्छ ।

आपराधिक गर्भपतन
अवैद्यरूपमा गर्भपतनका लागि स्वास्थ्यकर्मी वा अरु कसैले केही पदार्थ, औषधी आदी प्रयोग गरी अनायास गर्भपतन गराउने प्रयासलाई आपराधिक गर्भपतन अथवा अवैधानिक गर्भपतन भनिन्छ । यस्तो क्रियाकलापले आमाको मृत्युसमेत हुने सम्भावना भएको हुनाले यसलाई आपराधिक गर्भपतन भनिएको हो । यसरी गर्भपतन गराउँदा संक्रमण, रक्तस्राव, मिर्गौलाले काम नगर्नु आदि कारणले आमाको मृत्यु हुन सक्छ ।

अपरिहार्य गर्भपतन
महिलाको पाठेघरमा भएको भ्रुण परिपक्व नभइ अचानक गर्भाशयको मुख खुल्न थालेमा, रक्तस्राव बढी हुन थालेमा, दुख्न थालेमा अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ ।

अपूर्ण गर्भपतन
गर्भवती महिलाको पाठेघरमा रहेको भु्रण अथवा सालको केही भाग मात्र बाहिर निस्किएर हुने गर्भपतनलाई अपूर्ण गर्भपतन भनिन्छ । भु्रण अथवा सालको केही भाग मात्र बाहिर निस्कने र केही भाग भित्र नै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ । यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्टिस तथा अत्याधिक रक्तस्रावका कारण मृत्यु समेत डर हुन्छ ।

पूर्ण गर्भपतन
भु्रण अथवा सालनाल सबै बाहिर निस्किएको अवस्थालाई पूर्ण गर्भपतन भनिन्छ । यस्तो बेलामा गर्भवती महिलालाई बेथा लागेजस्तै गरी दुख्छ । गर्भमा रहेका सम्पूर्ण विकारहरू बाहिर निस्किने हुनाले पूर्ण गर्भपतन भएपछि बिस्तारै दुखाइ तथा रक्तस्राव कम हुँदै जान्छ ।
सेप्टिक गर्भपतन

ह्याबिचुअल एबोर्सन
कुनै पनि कारणले एकै महिलाको दुई वा दुई भन्दा बढी पटक गर्भपतन भएमा यस्तो अवस्थामा ह्याबिचुअल एबोर्सन (गर्भपतन हुने बानी परिसकेको) भनिन्छ । साधारणतया यसको उपचार गर्न गाह्रो हुन्छ ।

मिस्ड एबोर्सन
गर्भवती महिलाको पाठेघरमा रहेको भ्रुणको कुनै कारणले मृत्यु भएमा वा पाठेघर भित्रै शिशुको मृत्यु भएमा यस्तो गर्भपतनलाई मिस्ड एबोर्सन भनिन्छ । यस्तो अवस्था अल्ट्रासाउन्ड गरेर पत्ता लगाउन सकिन्छ । आमाले पेटमा रहेको बच्चा चले नचलेको महशुस गरेर पनि यसको पहिचान गर्न सकिन्छ ।