Monday, October 15, 2012

घटस्थापनाको साइत

आज आश्विन शुल्क प्रदिपदा अर्थात हिन्दुहरूको महान् चाड बडादसैँ आजदेखि सुरु हुदैछ । आज देखि १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका बडा दसै मनाउने गरिन्छ ।   बडादसको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दसँघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ ।
आज घटस्थापनाको साइत ११ बजे ७ मिनेट जादा उत्तम रहेको छ । सो समयमा काठमाडौंको विशेशगरि दसैंघरमा घटस्थापना गरेर जमरा राख्ने गरिन्छ । सोही समयमा घरघरमा घटस्थापना गरेर दसैंको विधिवत सुभारम्भ गर्ने प्रचलन छ ।  पन्चाङ निर्णायक समितिका अनुसार कात्तिक ८ गते बुधवार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट जादा देवी विसर्जन र बिहान ११ बजेर २९ मिनेट जादा टीका लगाउनका लागि शुभ साइत रहेको छ ।
  यसैगरी कात्तिक ५ फूलपातीका दिन बिहान ०९ बजेर ११ मिनेट जादा  तुलजाभवानीको यात्रा तथा ०९ बजेर ५१ मिनेटमा थिराशनका लागि साइत र कात्तिक ८ गते बुधवार विजयादशमीका दिन ११बजेर ४३ मिनेट जादा तुलजाभवानीको यात्रा तथा १२ बजेर ३९ मिनेट जादा थिराशनका लागि साइत जुरेको छ ।
  आज विजयादशमीक पहिलो दिन शुद्ध माटो तथा बालुवा प्रयोग गरे जमरा राख्ने प्रचलन छ । आज राखेको जमरा दसैंको दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतिकका रुपमा पहँलो जमरा प्रयोग गर्ने गरिन्छ ।   असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
 बडादसैँको सातौँ दिन कात्तिक ५ गते आइतबार मलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूर्णिमाका दिन घटस्थापनाका दिन राखिएको जमरा विसर्जन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ ।

No comments:

Post a Comment