Wednesday, September 19, 2012

प्राथमिक उपचार

प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामाग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो । प्राथमिक उपचारले  बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रुपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ ।

प्राथमिक उपचारका सिद्धान्तहरू
☼ सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ । बिरामीलाई सास फेर्न गाह्रो भएको नभएको जाँच गर्नु पर्छ ।
☼ भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन । घाइतेलाई ताजा र स्वच्छ हावा आवश्यक हुन्छ ।
☼ सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ । यस्तो समयमा प्राथमिक उपचार गर्ने मानिस आत्तिनु हुदैन ।
☼ यदि बिरामीको सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।
☼ घाउचोट लागेको ठाउँबाट धेरै रगत बगिरहेको छ भने रगत रोक्नु पर्छ ।
☼ घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि यातायातको व्यवस्था गर्नुपर्छ ।
☼ घाइतेलाई न्यानो बनाइराख्नु पर्छ, अनावस्यक रुपमा चलाइरहनु हुदैन । घाइतेलाई सजिलो अवस्थामा राख्नुपर्छ ।
☼ घाइतेलाई नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सकेसम्म छिटो पु¥याउनुपर्छ ।
☼ गम्भीर घटनाहरूको बारेमा प्रहरीलाई जानकारी गराउनुपर्छ ।

प्राथमिक उपचारका उद्देश्यहरू
☼ घाइतेको ज्यान बचाउनको लागि प्राथमिक उपचारको आवश्यकता हुन्छ । हामीले अंग्रेजीको ब्द्यऋम् लाई ध्यानमा राखेर प्राथमिक उपचार गर्नुपर्छ ।
☼ A–Airway (श्वासनली)
☼ B–Breathing (श्वासप्रश्वास)
☼ C–Circulation (रक्तसञ्चार)
☼ D–Deformity (चोटपटक)
☼ E–Environment (वातावरण)
☼ घाइतेको अवस्था झन बिग्रन नदिने
☼ घाइतेको दुखाई कम गर्न र घाइतेलाई सजिलो अवस्थामा राख्ने
☼ तुरुन्त निकोपार्ने
☼  घाइतेलाई यातायातको व्यवस्था गरेर तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पु¥याउने
☼ बिरामीलाई आश्वासन दिने र कमजोर हुनबाट बचाउने


प्राथमिक उपचार विधिहरू
☼ अवस्थाको अवलोकन
आँखाले हेर्नेे
–बिरामीले सास फेरेको छ कि छैन हेर्ने
–बिरामी नीलो भएको छ कि छैन हेर्ने
–घाइतेको शरीरको कुनै भाग सुन्निएको, रगत लागेको तथा क्षतिग्रस्त भएको छ कि छैन भनेर निरीक्षण गर्ने
–घटनस्थलको निरीक्षण गरी वरपर बोतल, औषधी तथा अन्य रासायनिक पदार्थका भाँडा तथा प्याकेटहरू भए नभएको पत्ता लगाउने
–बिरामी कत्तिको होसमा छ याद गर्नुपर्छ

कानले सुन्ने
–घटनास्थलमा उपस्थित मान्छेहरूसँग घटनाको बारुमा जानकारी लिने
–सास फेरेनफेरेको आवाज सुन्ने
–यदि बिरामी होसमै छ भने बिरामीसँग पनि घटनाको बारेमा सोधपुछ गर्ने कतै दुखेको छ कि, कस्तो छ भनेर सोध्ने

नाकले सुघ्ने
–घाइतेको मुख तथा वरपरबाट कुनै गन्ध आइरहेको छ कि छैन पत्ता लगाउने
छोएर जाँच गर्ने
– बिरामीलाई टाउकोदेखि खुट्टासम्म सरसर्ती जाँच गर्ने

☼ चिकित्सक अथवा तालिम प्राप्त स्वास्थ्यकर्मी नआएसम्म बिरामीलाई सहयोग गर्नुपर्छ ।
☼ आफू नआत्तिकन जिम्मेवारी निभाउनुपर्छ ।
☼ आवस्यकता अनुसार घटनास्थलमा उपलब्ध अन्य मानिनसहरूको पनि सहयोग लिनुपर्छ
☼ घाइतेको सुरक्षा गर्नुपर्छ
☼ घाइतेको अवस्था अनुसार तुरुन्त उपचार दिने
☼ घाइतेलाई छिटो भन्दा छिटो यातायातको व्यवस्था गरेर अस्पताल वा स्वास्थ्य संस्थामा पु¥याउने ।

Tuesday, September 4, 2012

डिप्रेसन

डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ । डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ । कुल जनसंख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ । यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ ।
 डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ । खासगरी डिप्रेसनका रोगीहरू मुटुको रोगले मर्ने सम्भावना रहन्छ । त्यसैले समयमै नजिकको मानसिक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु राम्रो हुन्छ । मानसिक रोग विशेषज्ञले डिप्रसनको उपचार औषधि र मनोवैज्ञानिक उपायले गर्दछन ।

डिप्रेसनका कारणहरू:

☼  वंशाणुगत
☼  जीवनका तनावपूर्ण घटनाहरू जस्तै प्रीयजनको मृत्यु, वियोग आदि ।
☼  केही औषधीहरू खास गरी रक्तचापका बिरामीलाई दिइने औषधी र स्टेरोइड औषधीहरूले डिप्रेसन गराउनसक्छ ।
☼  लामो समयदेखि मधुमेह, मृगौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ । त्यस्तै थाइरोइड ग्रन्थीको गडबडीले पनि डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।

डिप्रेसनका लक्षणहरू:

☼  मन उदास वा दिक्क भइरहने, कुनैपनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने ।
☼  खुसीहुनुपर्ने कुरामा पनि खुसीहुन नसक्ने हिनताबोध हुने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने ।
☼  निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौनइच्छामा कमी हुने, खाना खान मन नलाग्ने ।
☼  भविश्यप्रति नैराश्यता छाउने, बाँच्नु बेकार छ भनेर मर्ने इच्छा पलाउने तथा आत्महत्याको विचार आउने ।
☼  टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरूको मासिकस्राव अनियमित हुने जस्ता लक्षण देखा पर्छन ।
☼  केटाकेटीहरूलाई डिप्रेसन भएमा  खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन ।
☼  धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।

डिप्रेसनको पहिचान गर्ने तरिकाहरू:

☼  सामान्य डिप्रेसन रागको पहिचान लक्षणहरूका आधारमा गरिन्छ । तर केही अवस्थाहरूमा थप जाँचहरूको पनि आवस्यकता पर्छ । जस्तै थाइरोइड ग्रन्थीको जाँच, टाउकोको सिटीस्क्यान र अन्य जाँच पनि गर्न सकिन्छ

डिप्रेसनका बिरामीहरूले ध्यान दिनुपर्ने कुराहरू:

☼  चिकित्सकले लेखे बमोजिमको औषधि खानुपर्छ । आफूले नै औषधिको मात्रा घटबढ गर्ने वा औषधि छाड्ने गर्नु हुदैन ।
☼  जाँड, रक्सी तथा अन्य लागुपदार्थको सकेसम्म सेवन गर्नु हुदैन ।
☼  सन्तुलित एवं पौष्टिक भोजन खाने गर्नुपर्छ ।
☼  आफ्नो समस्या एवं चिन्ताहरूलाई साथीभाइ एवं परिवारसँग व्यक्त गर्दा आफूलाई राम्रो महशुस हुन्छ ।
☼  औषधि सेवन गर्दा गर्दै पहिलेको भन्दा फरक लक्षण देखापरेमा वा डाबर आएमा वा जिउ चिलाएमा तथा गर्भवती भएमा तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ ।
☼  कसरत गरेमा राम्रो महशुस हुन्छ ।
☼  सकेसम्म आफनो दैनिक काम जारी राख्नु पर्छ तर आफैंलाई तनाब हुनेगरी काम गर्नु हुदैन ।
☼  डिप्रसन भएको अवस्थामा जीवनका महत्वपूर्ण निर्णयहरू गर्नुहुदैन ।
☼  औषधि सेवन गर्दा गर्दै कुनै शारीरिक रोग लागेमा, जचाउनु परेमा आफूले खाइरहेको औषधिको बिवरण सम्बन्धित चिकित्सकलाई बताउनु पर्छ ।

परिवार र साथीभाइको भूमिका:

☼  आफनो परिवार र मित्रमा डिप्रेसनको लक्षण देखिएमा उसलाई उपचार गर्नका लागि प्रोत्साहित गर्नुपर्छ । यो धेरै जनालाई हुने समस्या हो र उपचारले राम्रो हुन्छ र उपचारको लागि चिकित्सकको मद्दत लिनु कमजोरीको लक्षण होइन भन्नेकुरा राम्ररी सम्झाउनु पर्छ ।
☼  डिप्रेसन भएका मानिसहरूसँग समय बिताउनुहोस, उनीहरूसँग गफ गर्नुहोस र उनीहरूलाई हौसला प्रदान गर्नुहोस ।
☼  उनीहरूले राम्ररी भोजन गरे–नगरेको ख्याल र्नुगर्नुहोस र उनीहरूलाई जाँड, रक्सी खानबाट निरुत्साहित गर्नुहोस ।
☼  उनीहरूले आत्महत्याको कुरा गरेमा त्यस कुरालाई गम्भिरताकासाथ लिनुहोस । यो कुरा चिकित्सकलाई बताउनुहोस तथा बिरामीलाई कडा निगरानीमा राख्नुहोस ।
☼  बिरामीलाई बिष, डोरी र हातहतियारको पहुँचबाट पर राख्नुहोस ।
☼  चिकित्सकले लेखेबमाजिमको औषधि बिरामीले खाएको छ की छैन भनेर हेर्नुहोस । यदि खाएको रहेनछ भने उसलाई आफनो निगरानीमा खुवाउनुहोस ।
 

Tuesday, July 31, 2012

नेपालको राजतन्त्र

प्रशिद्ध भारतीय लेखक एस डी मुनीले नेपालको राजतन्त्रले कहिले पनि नेपालको राष्ट्रियता जोगाउने पक्षमा थिएन भन्ने खालको अभिब्यक्ति दिए ।उनले २००७ सालमा राणा विरोधीगतिविधी भैरहेको बेलामा तत्कालिन राजा त्रिभुवन भारतीय सरकार समक्ष पुगेर भारतको समर्थन पाउने प्रयास गरेको समयमा नेपाललाई भारतमा बिलय गराउन समेत तयार भएको खुलासा गरेका छन । आफ्नो पुस्तक "नेपाल इन ट्रान्जिसन फ्रम पिपुल्स वार टु फ्राजाइल पिस"को बारेमा आयोजित एक अन्तरक्रियामा बोल्दै मुनीले नेपालको राष्ट्रियता भारतको विरोध गर्नुमात्र नभएको विचार व्यक्त गरे ।

Thursday, July 26, 2012

लन्डन ओलम्पिक



 शुक्रबारदेखि औपचारिक रुपमा लन्डनमा सुरु हुने विश्वखेलकुदको प्रमुख प्रतियोगिता अर्थात महाकुम्भ, ओलम्पिक खेलकुदका लागि सहभागि २ सय ४राष्ट्रका खेलाडीहरु लन्डन पुगेका छन् ।  

अन्तराष्ट्रिय ओलम्पिक कमिटी आइओसीको आयोजनामा हुने सोप्रतियोगितामा विभिन्न ३६ खेलमा यसपटक १० हजार खेलाडी सहभागि हुदैछन् ।प्रतियोगिताको उद्घाटन भने नेपाली समय अनुसार दिउसो दुईबजेको हाराहारीमा हुनेछ । उद्घाटनको सबै तयारी पूरा भइसकेको जनाउदै घरेलु आयोजक समेत रहेका लन्डनका मेयर बोरिस जानसनले  उद्घाटन समारोह उत्कृष्ट बनाउने प्रयास भएको जनाए। ओलम्पिकको उद्घाटन क्विन एलिजाबेथ द्वितिय र प्रिन्स फिलिपले गर्ने कार्यक्रम रहेकोछ । सो अवसरमा ओस्कार विजेता कलाकारहरुले सांगितिक प्रस्तुती गर्ने छन् भनेसांस्कृतीक झलकहरु समेत देखाउने कार्यक्रम रहेको छ । शुक्रबारबाट सुरु हुने सोओलम्पिक अगष्ट १२ सम्म सन्चालन हुनेछ ।

सोहीप्रतियोगितामा नेपालबाट पनि ५ खेलाडीले सहभागिता जनाउने तयारी गरेका छन् । प्रतियोगिताकालागि पाचै खेलाडी लन्डन पुगिसकेका छन् । नेपालबाट एथलेटिक्स्मा प्रमिला रिजाल रतिलकराम थारुले सहभागिता जनाउदैछन् भने पौडीमा प्रसिद्धजंग शाह र श्रेया धिताल तथासुटिङमा स्नेहाराज्य लक्ष्मी राणा रहेका छन् । नेपालले सन १९६४ देखि लन्डन ओलमिपकमासहभागि भएको भएपनि अहिलेसम्म कुनै पदक पनि हात पार्न सकेको छैन् । आधुनिक विश्व रखेलकूदको संसारमा ओलम्पिक खेल सबैभन्दा ठूलो खेल प्रतियोगिता हो ।

 कुनै पनि राष्ट्र खेलकूदमा कतिसम्म विकसित छ,त्यसको सही लेखा–जोखा प्रत्येक चार वर्Èमा आयोजना हुने ओलम्पिक खेलले  नैगर्दछ । यसैले प्रत्येक राष्ट्र ओलम्पिक खेलमा आङ्खनो राष्ट्रको सर्वोत्कृष्ट प्रदर्शनहोस् भन्ने चाहेर नै खेलकूदको Ôेत्रमा लगानी गर्दछन् र ओलम्पिक खेलमा पदकजित्ने सपना बुन्ने गर्छन् । ओलम्पिक खेलको जन्म यूरोपको ग्रीसमाईशापूर्व ७ सय ७६ मा भएको हो । प्राचीन ग्रीसको ओलम्पिया शहरमाओलम्पिक खेलको जन्म भएको बताइए पनि यो खेल ग्रीसमा आजभन्दा ३ हजार वर्Èअघिआयोजन हुने गरेको अनुमान गरिएको छ । ओलम्पियामा आयोजन हुने खेलबाट नैओलम्पिक खेलको उदय भएको हो ।

प्रत्येकचार चार वर्षमा हुने ओलम्पिक खेलको आयोजना गर्नअघि शहर–शहरमा पवित्र मशाल बोकेरहि“डिन्थ्यो। मशालले ओलम्पिको खेलको सन्देश लिएर सबैलाई खेलमा सहभागी बन्नेआग्रहसहित यसको तिथिको जानकारी दिइन्थ्यो। प्राचीन ओलम्पिक खेलमा विभिन्न प्रकारकाखेलहरु आयोजन हुने गर्थे । विशेÈ गरी एथ्लेटिक्स, जिम्नेजियम, पालास्ट्रा, शरीर प्रदर्शनआदि खेलहरुको आयोजना गरिन्थ्यो ।

आधुनिकओलम्पिक्सको सुरुवात भने सन १८९६ बाट भएको हो । फ्रान्स्का पिएरे कुबर्टिनलेग्रिसको एथेन्स्बाट आधुनिक ओलम्पिक सुरुवात गरेका हुन् । जसमा २ सय ४१ जना एथलिटले४३ वटा इभेन्टमा सहभागिता जनाएका थिए ।

आधुनिकओलम्पिककको सुरुवातसगै सबै नियम र प्रक्रिया समेत मिलाउन सुरु भएको थियो ।अआधुनिक संस्करणको तीसौं संस्करणसम्म आइपुग्दा ओलम्पिकमा विभिन्न नियमहरु परिवर्तनहुदै गएका छन् भने खेलसंख्या र खेलाडीहरुको संखयामा पनि वृद्धि भइरहेको छ । आधुनिकओलम्पिकको सुरुवात १८९६ बाट भएपनि सन १९९४ पछि मात्रै  समर र विन्टर गरि दुइभागमा हुन थालेको हो । यसरी खेलको विकास रखेलमा विभाजन गर्र्दै अगाडी बढ्ने क्रममाआधुनिक ओलम्पिकको ३० औं संस्करण जुलाई २७ देखि लन्डनमा हुन लागेको हो ।दुई दिनपछि लन्डनमा सुरु समर ओलम्पिकमो २ सय ४ राष्ट्रका १० हजार एथलिटले २९ खेलमासहभागिता जनाउदैछन् ।

ओलम्पिकलाईब्यवस्थित बनाउन पनि सन १८९४ बाट अन्तराष्ट्रिय ओलम्पिक कमिटी गठन गरेर सुरुवात भएकोहो । अहिले ओलम्पिक जति सबै खेलको आयोजना ओलम्पिक कमिटी आइओसीले नै गर्दैआएको छ । आइओसिसंगको सम्बन्धन पछि मात्रै अन्य राष्ट्रले ओलम्पिकमा सहभागि हुनपाउने प्रावधान रहेको छ ।

आधुनिकओलम्पिक एथेन्सबाट सुरु भएयता अहिलेसम्म ग्रिसको एथेन्स्मा तीन पटक भइसकेको छ भनेजापान, बेलायत, चिन, अष्ट्रेलिया, स्पेन, दक्षिण कोरिया, मस्को, मेक्सिको,फिनल्याण्ड,जर्मनी, फ्रान्स् र बेल्जियम लगायतका राष्ट्रमा भइसकेको छ । सस्करणहरु थपिदैजादा आयोजक राष्ट्रको तयारी र खेलस्थलको समेत लामो समयदेखिको तयारी आबश्यकबनाइएको छ । आइओसिले तयारीको बारेमा समेत राम्रोसंग अध्ययन गरेर मात्रै आयोजकराष्ट्र तोक्ने भएका कारण पनि प्रतियोगिता ब्यवस्थित र राम्रो भन्दा राम्रो बनाउनप्रयास गरेको देखिन्छ ।

युनाइटेडस्टेटले अहिलेसम्म सबैभन्दा धेरै २ हजार ३ सय दुई वटा पदक हात पारेको छ । जसमा ९ सय२९ वटा गोल्ड मेडल रहेको छ । त्यस्तै सोभियत युनियनले ४ सय ४० स्वर्ण सहित १ हजार १सय २२ पदक हात पारिसकेको छ । हुन त नेपालले पनिसन १९६४ बाट ओलम्पिकमा सहभागिताजनाउन थालेको हो । जतिबेला नेपालले एथलेटिक्स् र बक्सिङ गरि जम्मा ६ खेलाडीलेसहभागिता जनाएका थिए ।

नेपाललेत्यसयताका एक संस्करण बाहेक अन्य सबै खेलमा सहभागिता जनाएको भएपनि प्रदर्शंनी खेलमाकास्य पदक ल्याउनु बाहेक जितेर कुनै पनि पदक हात पार्न सकेको छैन् । वाइल्ड कार्डमार्फतओलमिपकमा सहभागिता जनाएको नेपालबाट सन २००४ मा संगिना बैद्य र सन २००८ मा दिपकविष्ट मात्रै छनोट खेल मार्फत छनोट भएर ओलम्पिक खेलेका छन् । अन्य सहभागि सबैलेवाइल्ड कार्ड मार्फत ओलम्पिकमा सहभागिता जनाएका हु्न । नेपालले अहिलेसम्म कुनै पनिओलम्पिकमा रामं्रो खेलेको प्रमाण भने छैन् । अधिकासं खेलमा नराम्रो पराजय मात्रैब्यहोरेको छ ।

यसैबीचऔपचारिक रुपमा उद्घाटन सुरु नहु“दै ओलम्पिक विवादमा परेको छ। उद्घाटन नहु“दै सुरुभएका केही खेलहरुमध्ये महिला फुटबल खेलमा आयोजकहरुले उत्तरकोरियाको झण्डा स्क्रिनमादेखाउनु पर्ने ठाउ“मा दÔिण्ँ कोरियाको देखाउन पुगेका थिए।गलत झण्डा देखाएको भन्दैउत्तर कोरियाली खेलाडीहरुले झण्डै एक घण्टा मैदान छाडेका थिए। आयोजकले माफीमागेपछि बल्ल कोलम्बियाविरुद्धको खेल एक घण्टा ढिलो गरी सुरु भएको थियो ।  विवाद समाधान पछि भएको खेल उत्तर कोरियाले २–०ले जितेको थियो ।

Saturday, July 14, 2012

राज्यले भुलेका गीतकार

झण्डै आधा शताब्दी अगाडि एक स्रष्टाले देखेको सपना हो यो । जसले नेपाल आमालाई संसार कै राम्री बनाउने कल्पना गरेका थिए । आफनो मातृभूमि, कर्मभूमि, शान्तभूमिका दुई करोड सन्तानले नेपाल आमालाई सेवा गर्ने निस्वार्थ भावना यो गीतमा छताछुल्ल भएर पोखिएको छ । २०२२ सालमा नेपाल आमाको रुप राम्रो राम्रो छैन भन्ने महशुस गरेर लेखिएको र गाइएको यो गीत आज पनि सान्दर्भिक नै लाग्छ ।
राष्ट्र, राष्ट्रियता र मातृप्रेमको भावबाट ओतप्रोत भएको यो गीतका श्रष्टाले परिकल्पना गरेको सुन्दर नेपालको अर्थ त्यसबेला नेपालीहरुले भोगिरहेको दुःख कष्ट, रोग भोक र अभावले सिर्जना गरेका थिए । राष्ट्र भनेको भूगोल मात्रै भइदिएको भए नेपाली श्रृष्टाले यस्ता गीत कहिल्यै रच्दैनन् थिए होलान् । किनभने नेपालको भूगोल संसारकै अनुपम छ, सुन्दर छ, अद्वितीय छ र मनोरम छ । तर एउटा राष्ट्रमा जनताहरु पनि बस्छन् । तिनको पिर दूर नभएसम्म राष्ट्र हास्न सक्दैन । हासो विनाको अनुहार राम्रो हुन सक्दैन ।
नेपाली जनताले बाइससाल ताका भोगेका कतिपय पिरहरु अहिले पनि  ज्युँका त्युँ छन् । अनिकाल, अकाल मृत्यू, वेरोजगारी, अशिक्षाले थिचिएको नेपाली समाजको एक प्रतिबिम्बका रुपमा पनि यो गीतलाई लिन सकिन्छ । यी नै समस्याहरुबाट मूक्तिको कामना गर्दै नेपाल आमालाई संसार कै राम्री बनाउने परिकल्पनाले यो गीतको जन्म भएको हो भन्ने कुरामा दुईमत छैन ।
२०२२ सालमा महेश पाल्पालीको आवाजमा भारतमा रेकर्ड गरिएको यो गीत आज पनि नेपालीहरुले सुन्ने गर्छन । यो गीतका श्रोता आज पनि छन् । कालजयी गीतका रुपमा नेपाली मन मस्तिष्कमा रहेको यो गीत एक यूगिन गीत हो । जसले एक यूगको प्रतिनिधत्व गर्छ ।
कुनै पनि समाजमा अभावले अपराध जन्माउ“छ । महेश पाल्पालीले रेडियो नेपालमा यो गीत रेकर्ड गराएको समय यता मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तन भए । ती परिवर्तनले नागरिकलाई अधिकार सम्पन्न पनि बनायो । तर दुखको कुरा त्यो अधिकारको स्वाद सिमित वर्गले चाख्दै गयो । आम नागरिकका लागि त्यो बेकार भयो । फलतः महेश पाल्पालीको कल्पना आजसम्म पनि कल्पना मै सिमित रहन पुग्यो ।
श्रष्टाले उन्नतीको पथमा लम्केर प्रगतिको बीउ छरौंला र कुनै दिन नेपाल आमा संसारकै राम्री हुनेछिन भन्ने अपेक्षा गरेका थिए । तर ती सपना अझै साकार हुन सकेनन् । आज दुःख सहेर भएपनि भोलिको भविष्य उज्ज्वल बनाउने लालसा गीतमा देखिन्छ ।
महेश पाल्पालीले देखेका सपना आम नेपालीले पनि नदेखेका भने होइनन् । नेपाल आमालाई राम्री बनाउने सोच आम नेपालीमा पनि थियो । हाम्रा नेताहरुले कुनै समयमा भनिदीए राज्य व्यवस्थाले नेपाल आमा कुरुप छिन् । जनताले राज्य व्यवस्था पल्टाइदीए । संरचना बदलीदिए । पुरानालाई हटाएर नयालाई नया व्यवस्थाको हर्ताकर्ता बनाई दिए । तर नेपाल आमाको अनुहार बदलिएन । फेरि हाम्रा नेताहरुले भने परापूर्वकालदेखिको सामन्ती संस्थाले आमाको अनुहार कुरुप भयो । जनताले त्यो संस्था पनि हटाइदीए । नेताहरुले भनेजस्तै व्यवस्था र वागडोर फेरि पनि नेतालाई दिए । तर अहिले पनि नेपाल आमाको अनुहार कुरुप नै छ । नेपाल आमालाई संसार कै राम्री बनाउने सपना अझै पुरा भएन ।
यसरी आफ्नो सिर्जनाबाट नेपाल आमालाई सुन्दर बनाउने सपना देख्ने महेश पाल्पालीको श्रृजनालाई न त कसैले बुझ्यो न उनको आजको अवस्थालाई ।
२०२२ सालमा पहिलो पटक कलकत्तामा रेर्कड गराएको यो गीतका गायक भने आफै अलपत्र परेर दिन काटी रहेका छन् । आजपनि प्रत्येक नेपालीको मनोभावना उचालेको यो गीतका सर्जकलाई राज्यले बिर्सेको छ ।
अहिले मुखले देशपे्रमी भन्ने गरेकाहरुको राष्ट्रप्रतिको ब्यबहार देख्दा गायक महेश पाल्पाली जिर्ण शरिर लिएर फेरि राष्ट्रगीत गाउने तयारीमा छन् र भन्छन हामीले नेपाल आमालाई चिनेनौं ।
त्यो बेला सयौ बिगाह सम्पतीका मालिक शाह खान्दानका सन्तान दौलत बिक्रम शाह आफ्नो श्रृजना संगै महेश पाल्पालीको रुपमा चिरपरिचत छन् । उनको जिवनशैलि र अबस्थालाई देख्नेहरु शाह खलकको भनेर पत्याउन सक्दैनन् ।
गायक तथा रचनाकारहरु नातीकाजी, नारायण गोपाल, तारादेवीका समकालीन महेश पाल्पाली तत्कालिन राजा महेन्द्रको अनुरोधमा पटक पटक दरवारमा गएर गीत गाए पनि उनले धन कमाउने र लाभ लिने तर्फ भने ध्यान दिएनन् ।
पहिले धनको धनी थिए अहिले मनको धनी छु उनी गर्व गर्छन् । मेरा श्रृजनाले राष्ट्र छोएको छ, जन जिब्रोको गीत बनेको छ मलाई यसैमा आनन्द छ । तर कता कता धन नहुदा साथी भाइको संगत छुटेकोमा भने उनीमा चिन्ता छ ।
बुटवलको सुकूम्वासी बस्ती दिपनगरमा एक छोरा एक बुहारी र ३ नाती नातीनाका साथमा बुढ्यौली उमेर बिताउँदै गरेका पाल्पालीलाई बुटवल नगरपालिकाले दिनेगरेको मासिक १ हजार बृद्ध भत्ताले गर्जो टार्नु पर्ने समस्या छ । कहिले काही रेडियोहरुले दिने रोयल्टी उनको सहारा बनेको छ ।
बिभिन्न थरिका बाजा बजाउन सक्ने महेश पाल्पाली भन्छन् मलाई कुनै दिन धनी बन्ने लोभ लागेन मेरो सम्पती भनेकै गीत संगीत हो । यही गीत संगीत र आफ्ना रचनालाई लिपीबद्ध गर्न सहयोगको खोजीमा भौतारिई रहेका छन् महेश पाल्पाली ।
सुरुसुरुमा बालकृष्ण समका गीतबाट गायन क्षेत्रमा लागेका पाल्पालीले आफैले लेखेका थुप्रै रचनाहरुको पोको बोकेर हिडेपनि आर्थिक अभावका कारण उनका रचनाहरु उनकै झोलीमा थुप्रिएका छन् । गीत संगीत क्षेत्रमा योगदान पु¥याएवापत सयौं संघसंस्था तथा प्रतिष्ठानले प्रदान गरेका यी प्रसंशापत्र तथा सम्मानपत्र नै ५ दशकभन्दा बढि समय संगीत क्षेत्रमा लागेर कमाएका अनमोल सम्पत्ति हुन् ।
रेडियो नेपालमा समेत गीत रेकर्ड गराएका उनले तत्कालीन राजा महेन्द्रका एडिसीले जागीर लगाई दिने आश्वासनलाई समेत वेवास्ता गरी रुपन्देहीमै गीत संगीतमा रमाए । जन्म थलो पाल्पाको लागि केही गर्न नसकेपनि रुपन्देहीको संगीतक्षेत्रलाई केही योगदान गर्न पाएकोमा भने उनलाई गर्व छ ।




Thursday, July 12, 2012

गड पार्टिकल

जेनेभामा जारी महा प्रयोगमा कार्यरत वैज्ञानिकहरुले पदार्थमा हुने परमाणुको पिण्डको परिमाण निर्धारण गर्ने सुक्ष्म कणको नजिक पुगेको दावी गरेका छन । यदि वैज्ञानिकहरु उक्त सुक्ष्म कण पत्ता लगाउन सक्षम भए पृथ्वीको निर्माण कसरी भयो भन्ने रहस्य खुल्ने दावी गरिएको छ । हिग्स बोसोन नाम दिइएको उक्त सुक्ष्म कणलाई उनीहरुले पदार्थको पिण्डलाई अन्य शक्तिमा रुपान्तरण गर्ने कणको रुपमा व्याख्या गरेका छन । पृथ्वीको निर्माणको रहस्य पत्ता लगाउन स्विजरल्याण्डफ्रान्सको सीमामा निर्माण गरिएको विशाल प्रयोगशालामा विगत दुई वर्ष देखि यो प्रयोग जारी छ । २७ किलोमिटर लामो सुरुङमा अति सुक्ष्म कणहरुलाई एक-आपसमा ठोक्काएर एक अदृष्य तत्वको खोज गरिरहेका वैज्ञानिकहरुले उक्त कणलाई गड पार्टिकल (देव कण)को संज्ञा दिएका छन । पृथ्वीको निर्माणको क्रममा भएको महा विष्फोटको रहस्य पत्ता लगाउने उद्देश्यले सुरु गरिएको यस प्रयोगमा अहिले सम्म अर्बौं डलर खर्च भइसकेको छ भने लगभग आठ हजार वैज्ञानिक विगत दुई वर्ष देखि कार्यरत छन ।